यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमसहित देशका पहाडी र तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। सुदूरपश्चिमसहित देशका पहाडी भूभागमामा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमसहित देशका पहाडी र तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ। 

राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा भारी वर्षासमेत हुने महाशाखाले जनाएको छ।