आज शेयरबजार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको छ।
काठमाडाैँ– शेयरबजार परिसूचक नेप्से लगातार तेस्रो दिन आज पनि घटेर बन्द भएको छ। बुधबार १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा रोकिएको नेप्से आज बिहीबार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको छ।
आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ। बुधबार कुल ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार रुपैयाँको कारोबार भएकोमा आज १ करोड २७ लाख कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको कारोबार भएको छ।
आज सेन्सेटिभ इन्डेक्स १.११ अंकले घटेको छ। फ्लोट इन्डेक्स ०.४७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२६ अंक घटेको छ।हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९८ प्रतिशतले बढेर ३५५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। विन्ध्यावासिनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६.०७ प्रतिशतले बढेर ५८५.५५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। माथिल्लो मैलुङखोला जलविद्युतको शेयर मूल्य प्रतिकित्ता ६.०५ प्रतिशतले बढेर ५९५.३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता ५.०९ प्रतिशतले बढेर ३७६०.५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
आज बाराही हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ३.८३ प्रतिशतले घटेर प्रतिकित्ता ७२०.०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। पिपुल्स पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.४५ प्रतिशतले घटेर प्रतिकित्ता २९६.०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। दिव्यस्वरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.४५ प्रतिशतले घटेर २९३.४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
