राष्ट्रवादी नेता तथा पूर्वप्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेंगलको पुण्यतिथिको अवसरमा र्याली आयोजना गरिएको थियो।
दक्षिणपश्चिम पाकिस्तानमा एक राष्ट्रवादी पार्टीका समर्थक र्यालीबाट बाहिरिँदै गर्दा भएको आत्मघाती विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मंगलबार भएको उक्त विस्फोटमा ३० जना घाइते भएको प्रहरीले जनाएको छ।
स्थानीय प्रहरी प्रमुख मजीद कैसरानीका अनुसार बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको बाहिरी क्षेत्रमा चिहान नजिकै विस्फोट भएको हो। आक्रमणकारीको शरीरका अंग घटनास्थलबाट बरामद गरिएको उनले बताए।
सरकारी अस्पतालका प्रवक्ता वसीम बेगले १३ जनाको शव र दर्जनौँ घाइते अस्पताल भर्ना भएको उल्लेख गरे। तीमध्ये केहीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।
यस आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन। राष्ट्रवादी नेता तथा पूर्वप्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेंगलको पुण्यतिथिको अवसरमा र्याली आयोजना गरिएको थियो।(रासस/एएनआई)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
