सशस्त्र द्वन्द्वबाट विस्थापित भएका सुडानी नागरिक बसोबास गरिरहेको क्षेत्रमै पहिरो गएको हो। यसअघि सशस्त्र समूह एसएलएमले कम्तीमा एक हजार जनाको मृत्यु भएको बताएको थियो।
पश्चिमी सुडानको दुर्गम मारा पर्वतमा पहिरोमा परी कम्तीमा ३७० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
सुडानका लागि संयुक्त राष्ट्रसंघका उपमानवीय संयोजक एन्टोइन जेरार्डले बीबीसीसँगको कुराकानीमा यस्तो बताएका हुन्। यद्यपि, उक्त क्षेत्रमा पुग्न धेरै गाह्रो भएकाले घटनाको मात्रा वा मृत्युको सही संख्या आकलन गर्न गाह्रो भएको जेरार्डको भनाइ छ।
यसअघि त्यहाँको सशस्त्र समूह सुडान लिबरेसन मुभमेन्ट/आर्मी (एसएलएम)ले कम्तीमा एक हजार जनाको मृत्यु भएको बताएको थियो। यस समूहले एक विज्ञप्ति जारी गर्दै भूस्खलनमा परी एक जना मात्र बाँच्न सफल रहेको जनाएको छ। उक्त समूहले संयुक्त राष्ट्र संघ र अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट मानवीय सहयोगको लागि अपील गरिरहेको छ।
जेरार्डले उक्त क्षेत्रमा छिटो सहायता पुर्याउन समस्या भएको बताएका छन्। "हामीसँग हेलिकप्टर छैन, धेरै उबडखाबड सडकबाट बर्षाको यस समयमा गाडीमा सामान लैजान एक वा दुई दिनसम्म लाग्न सक्छ," उनले बीबीसीसँगको कुराकानीमा भनेका छन्।
पहिरो गएको मारा पर्वत दक्षिणी सुडानको डार्फर राज्यमा पर्छ। सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीचको युद्धबाट बच्न उत्तरी डार्फर राज्यका धेरै बासिन्दाहरूले मारा पर्वत क्षेत्रमा शरण लिएका थिए।
सुडानी सेना र आरएसएफबीच अप्रिल २०२३ मा शुरू भएको गृहयुद्धले देशलाई अनिकालमा डुबायो र पश्चिमी डार्फर क्षेत्रमा नरसंहारको आरोप लागेको थियो। यस गृहयुद्धबाट एक लाख ५० हजार मानिस मारिएका थिए। लगभग १ करोड २० लाख मानिसहरू आफ्नो घर छोडेर भागेका छन्।
पहिरो गएको क्षेत्रमा नियन्त्रण जमाएका सुडान मुक्ति आन्दोलन/सेना (एसएलएम)का गुटहरूले सुडानी सेनासँग मिलेर आरएसएफविरुद्ध लड्ने वाचा गरेका छन्।
अधिकांश डार्फरवासीहरू आरएसएफ र सहयोगी मिलिशियाहरूले जातीय रूपमा मिश्रित क्षेत्रलाई अरबशासित क्षेत्रमा रूपान्तरण गर्ने उद्देश्यले युद्ध छेडेका बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
