इजरायली तथ्यांकअनुसार हमाससँगको युद्धमा हालसम्म ६३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ।
फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिएपछि इजरायल र अमेरिकाले असन्तोष प्रकट गरेका छन्।
राष्ट्रपति इमानुएल म्याक्रोनले गाजामा जारी युद्ध अन्त्यका लागि दुई–राज्य समाधान अपरिहार्य भएको उल्लेख गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पत्र पठाएका हुन्।
पत्रमा गाजाको कब्जा र जबरजस्ती विस्थापनले इजरायललाई अन्तर्राष्ट्रिय अलगावमा पार्ने चेतावनी दिइएको छ। साथै, यस्तो अवस्थाले विश्वव्यापी यहुदी समुदायलाई अझ जोखिममा पार्ने उल्लेख गरिएको छ।
म्याक्रोनले फ्रान्सको कदम गाजामा बढिरहेको ‘मानवीय विपत्तिप्रति आक्रोश’ बाट प्रेरित भएको बताए। इजरायली तथ्यांकअनुसार हालसम्म युद्धमा ६३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ।
यही सेप्टेम्बर २३ देखि शुरू हुने संयुक्त राष्ट्रसंघीय महासभामा फ्रान्ससहित बेलायत, क्यानाडा, अस्ट्रेलिया र माल्टाले प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने तयारी गरेका छन्। न्युजिल्यान्ड, फिनल्यान्ड, पोर्चुगललगायतका अन्य देशले पनि यस्तै पहल गर्ने जनाइएको छ।
तर नेतान्याहुले प्यालेस्टिनी राज्यलाई अस्वीकार गर्दै गाजामा सैन्य कारबाही थप तीव्र पार्ने चेतावनी दिएका छन्। उनले म्याक्रोनको अभिव्यक्तिले ‘यहुदी विरोध’लाई उक्साउने आरोपसमेत लगाएका छन्।
अमेरिकी राजदूत चाल्र्स कुशनरले पनि फ्रान्सको निर्णयले चरमपन्थी शक्तिलाई प्रोत्साहित गर्ने दाबी गरेका छन्। हालसम्म १४० भन्दा बढी देशले प्यालेस्टिनी राज्यलाई मान्यता दिइसकेका छन्। (रासस/एपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
