आरसीबीले गत जुनमा आईपीएलको उपाधि जितेपछि विजय जुलुसमा भएको भागदौडमा ज्यान गुमाउनेहरूका परिवारलाई प्रतिव्यक्ति २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले २०२५ को इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेपछि विजय जुलुसमा भएको भागदौडमा ज्यान गुमाउनेहरूका परिवारलाई प्रतिव्यक्ति २५ लाख भारतीय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
आरसीबीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको छ। गत जुन ४ मा आरसीबीको जितको उत्सव मनाउन बैंगलोरको सडकमा भेला भएका मानिसहरूमा भागदौड मच्चिँदा ११ जनाको मृत्यु हुनुका साथै केही घाइते भएका थिए।
आरसीबीले लेखेको छ, "जुन ४, २०२५ मा हाम्रो मन दुख्यो। हामीले आरसीबी परिवारका ११ सदस्य गुमायौँ। उनीहरू हाम्रो हिस्सा थिए। उनीहरू हाम्रो शहर, हाम्रो समुदाय र हाम्रो टोलीलाई अरूभन्दा फरक बनाउने कुराको हिस्सा थिए। उनीहरूको अनुपस्थिति सधैं हाम्रो सम्झनामा गुन्जिरहनेछ।"
आरसीबीले लेखेको छ, "उनीहरूको प्रस्थानबाट सिर्जना भएको शून्यता कुनै पनि हिसाबले भरिन सक्दैन। तर, पहिलो कदमको रूपमा र गहिरो सम्मानका साथ, आरसीबीले उनीहरूको परिवारलाई २५ लाख रुपैयाँ दिएको छ।"
आरसीबीले यस सहयोगलाई आर्थिक सहयोगको रूपमा मात्र नभएर करुणा, ऐक्यबद्धता र निरन्तर हेरचाहको प्रतिज्ञाको रूपमा पनि रहेको जनाएको छ। साथै यसलाई आरसीबी केयर्सको शुरूआत पनि बताएको छ। टोली व्यवस्थापनले आरसीबी केयर्सको बारेमा थप जानकारी चाँडै दिइने जनाएको छ।
गत जुन ४ मा आरसीबीको जितको उत्सव मनाउन बैंगलोरस्थित चिन्नास्वामी रंगशाला बाहिर एक लाखभन्दा बढी प्रशंसकहरू भेला भएका थिए। १८ वर्षपछि आईपीएल ट्रफी जितेकोमा युवा, महिला, पुरुष र वृद्धवृद्धाहरू पनि सडकको छेउमा उभिएर आरसीबी टोलीलाई स्वागत गरिरहेका थिए।
कर्नाटक सरकारले खेलाडीहरूलाई सम्मान गर्न एक भव्य कार्यक्रमको आयोजना गरेको थियो। तर, भीड नियन्त्रण बाहिर जाँदा भागदौड मच्चिँदा दुर्घटना भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
