डडेलधुरामा जिप दुर्घटना: ४ जनाको मृत्यु, ६ घाइते

नवदुर्गा गाउँपालिका–५ को चौडबाट जिल्ला सदरमुकामका लागि छुटेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो।

काठमाडौँ– डडेलधुरामा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।

नवदुर्गा गाउँपालिका–५ को चौडबाट जिल्ला सदरमुकामका लागि छुटेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो। चारै जनाको घटनास्थलमा मृत्यु भएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए। 

उनका अनुसार घाइतेलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको छ। जिप सडकबाट करिब ५०० मिटर तल खसेको छ। मृतकको सनाखत हुन सकेको छैन। 

“चौडबाट छुट्नेबित्तिकै दुर्घटना भएको छ। कारण खुल्न सकेको छैन,” अध्यक्ष अवस्थीले भने।