आज नेप्से परिसूचक ५३.०१ अंकले बढेर २,८१९.१० को विन्दुमा कायम भएको हो। यो १.९१ प्रतिशतको सुधार हो।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार उच्च अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक ५३.०१ अंकले बढेर २,८१९.१० को विन्दुमा कायम भएको हो। यो १.९१ प्रतिशतको सुधार हो।
आज ३२१ कम्पनीको एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर ७२ हजार ५२८ पटक खरिदबिक्री हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१.७० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। बैंकिङ १.३८, विकास बैंक ३.४०, वित्त १.९८, होटल तथा पर्यटन १.६६, जलविद्युत् १.८५, लगानी २.१९ र जीवन बिमा समूह २.२१ प्रतिशतले बढेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन २.६९, लघुवित्त १.०९, म्युचुअल फन्ड ०.४७, निर्जीवन बिमा १.६८, व्यापार २.६८ र अन्य समूह २.१४ प्रतिशतले बढेको छ। विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी केबीएल डिबेन्चर–२०८६ को शेयर मूल्य ५.७९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६५ करोड ४२ लाख ७४ हजार २५५ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा ग्रीन भेन्चर लिमिटेडको ८ लाख ४६ हजार ६२३ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
