सुनको मूल्य तोलाको १ लाख ९९ हजार

मंगलबार एक तोला सुन १ लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। त्यति नै परिमाणको चाँदी २ हजार ३६० रुपैयाँ थियो।

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९९ हजार रुपैयाँ निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी २ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। 

मंगलबार एक तोला सुन १ लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। त्यति नै परिमाणको चाँदी २ हजार ३६० रुपैयाँ रहेको थियो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रतिऔँस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।