अन्टार्कटिकामा ७.५ म्याग्निच्युडको भूकम्प

भूकम्पबाट सुनामीको कुनै खतरा नभएको चिलीको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले जनाएको छ।

अन्टार्कटिका र ड्रेक प्यासेज क्षेत्रमा बिहीबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। 

भूकम्प करिब ६.७ माइल गहिराइमा गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ। यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले पुष्टि गरेको छ। 

ड्रेक प्यासेज दक्षिण अमेरिका र अन्टार्कटिकाबीच फैलिएको ५०० माइल फराकिलो पानीको मार्ग हो। यसले अटलान्टिक र प्रशान्त महासागरलाई जोड्छ ।

चिलीको राष्ट्रिय विपद् प्रतिक्रिया सेवाले भूकम्पलाई ‘मध्यम तीव्रता’ को रूपमा व्याख्या गर्दै अन्टार्कटिक क्षेत्रका लागि सावधानी चेतावनी जारी गरेको छ।