तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस ३ हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी २ हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। 

बिहीबार एक तोला सुन १ लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो। त्यति नै परिमाणको चाँदी २ हजार २९० रुपैयाँ थियो। 

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस ३ हजार ३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।