माघी पर्वमा गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरको योजना बनाउने परम्परा छ।
काठमाडौँ– माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका थारू बस्तीमा माघीको रौनक बढेको छ।
स्थानीय माघीको तयारीमा जुटेका छन्। गाउँमा चहलपहल बढेको छ। माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन्। यो पर्वमा गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ।
दाउरा संकलन, धान, चामल कुटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाँजो मिलाउन थारू समुदायका महिला व्यस्त हुन थालेका छन्। चामलको पिठोबाट ढिक्री पकाउने, अनदीको जाँड, रोटी, भातलगायत परिकारको जोहो गर्ने गरिन्छ।
माघीको अघिल्लो दिन रातभर आगोको धुनी बालेर ताप्ने गरिन्छ। गाउँका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गरिन्छ। नुहाएर आएपछि आफूभन्दा ठुलालाई ढोग गरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन रहेको राप्ती सोनारी गाउँपालिका खैरेहनीका लहान थारूले बताए।
माघीमा खानपिन सँगसँगै आफ्नो भेषभूषामा नाचगान र संस्कृति झल्कने खालका प्रस्तुति पनि गरिने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
