बिहीबार नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ को बिन्दुमा कायम भएको हो। यसअघि बुधबार पनि नेप्से ९.७० अंकले घटेको थियो।
नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि घटेको छ। यस दिन ३१९ कम्पनीको कुल पाँच अर्ब दुई करोड १० लाख चार हजार ८१६ रुपैयाँ बराबरको एक करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर किनबेच भएको छ। बुधबार भने पाँच अर्ब २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
यस दिन विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य प्रति कित्ता ३५३.४० रुपैयाँ पुगेको छ।
त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि ८०.१९ रुपैयाँले बढेर १५७३.१३ रुपैयाँ पुगेको छ। रसुवागढी हाइड्रोपावर र सानीमा ग्रोथ फन्डका लगानीकर्ताले पनि कमाएका छन्।
यता, जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य ४.६५ प्रतिशतले घटेर १२६३.३६ रुपैयाँमा झरेको छ। सयपत्री हाइड्रोपावर र पञ्चकन्या हाइड्रोपावरको शेयर मूल्य पनि क्रमशः ४.५३ प्रतिशत र ३.०८ प्रतिशतले घटेको छ।
यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स, बलेफी हाइड्रोपावर र बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
