पछिल्ला केही वर्षयता समयमा पानी पर्न छडेको छ। यसको प्रभाव स्याउ उत्पादनमा पनि परेको छ। लाखौँ लगानी गरेर खेती गरेको स्याउ नफल्दा ठूलो नोक्सानी भएको किसानले बताएका छन्।
ढोरपाटन– निसेलढोर र ढोरपाटन क्षेत्रमा स्याउका बोट रित्ता छन्। ती बोट फल टिपिसकेर रित्ता भएका होइनन्। फल नलागेर रित्ता भएका हुन्।
निसीखोला गाउँपालिका–५ निसेलढोरको कुँडे, गाभा, काङलगायत स्थानमा स्याउ उत्पादन नभएपछि किसान चिन्तित भएका छन्। निसेलढोरसँगै ढोरपाटन नगरपालिका–९ को नवी, भूजी, स्यालपाखेलगायत क्षेत्रमा पनि नफलेको किसानले बताएका छन्।
उक्त क्षेत्र जिल्लामा सबैभन्दा बढी स्याउ फल्ने क्षेत्र हो। स्थानीय हेमराज सापकोटाले चार रोपनी क्षेत्रमा लगाएको स्याउले यस वर्ष १० प्रतिशत पनि उत्पादन नदिएको बताए। झन्डै एक दशकदेखि स्याउखेती गर्दै आएकामा पछिल्लो तीन वर्षदेखि उत्पादन निरन्तर घट्दै गएको उनको गुनासो छ।
“अघिल्लो वर्ष कम उत्पादन भए पनि यस वर्ष अधिकांश स्याउका बोट रित्तो छन्। पहिले समयमा नै वर्षा हुने हुँदा राम्रो उत्पादन हुने गरेको थियो। पछिल्ला केही वर्ष यता समयमा पानी पर्दैन। लाखौँ लगानी गरेर खेती गरेको स्याउ नफल्दा ठूलो नोक्सानी भएको छ,” सापकोटाले भने, “यस वर्ष त अचम्मै भयो, रुखमा एउटा/दुई वटा दानाबाहेक देखिँदैनन्। स्याउका बोट सबै खाली छन्। यही हिसाबले त आगामी वर्ष एउटा पनि दाना फल्दैन कि भन्ने डर छ।”
किसान मनबहादुर घर्तीले गत हिउँदमा लामो खडेरी पर्दा स्याउ उत्पादन हुन नसकेको बताए। स्याउ उत्पादन हुँदा किसानले लाखौँ नोक्सानी बेहोर्नु परेको उनको भनाइ छ। इटालियन फुजी जातको बाहेक अन्य जातको स्याउ नफलेको घर्तीले सुनाए। “पोहोर परार सालमा एक/डेढ लाख रुपैयाँको स्याउ बिक्री हुन्थ्यो, यसपालि त दुई हजारको पनि फलेन,” उनले भने, “हिउँदमा लामो समय खडेरी भयो, हिउँ पनि परेन। हिउँ परे त स्याउ राम्रो उत्पादन हुन्थ्यो, वर्षा नै नहुँदा यो समस्या आयो।”
जिल्लाभर ५६.९२ हेक्टर क्षेत्रमा स्याउखेती हुने गरेको छ। बर्सेनि ३३१.२ मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको थियो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले यस वर्ष उत्पादनमा ठूलो मात्रामा गिरावट आएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
