काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.७० अंकले घटेर २,७६७.२० को विन्दुमा कायम भएको छ।
आज ३२३ कम्पनीको एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५३ हजार ८५३ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २० करोड सात लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
होटल तथा पर्यटन समूह २.०३ र म्युचुअल फन्ड ०.०६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.१९, विकास बैंक ०.७६, वित्त ०.५३, जलविद्युत् ०.५८ र लगानी समूह ०.३९ प्रतिशतले घटेको छ।
जीवन बिमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, लघुवित्त ०.४०, निर्जीवन बिमा ०.५८, व्यापार ०.०६ र अन्य समूह ०.१० प्रतिशतले घटेको छ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी पञ्चकन्या माईहाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.०३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २५ करोड नौ लाख ७९ हजार २४० रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी आरबीबी म्युचुअल फन्ड–१ को २६ लाख ५७ हजार ५५५ कित्ता शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
