पश्चिमी अफगानिस्तानमा भएको दुर्घटनाका मृतकमध्ये एक दर्जनभन्दा बढी बालबालिका रहेका छन्।
इरानबाट स्वदेश फर्किंदै गरेका अफगानी नागरिक सवार बस र इन्धन बोकेको ट्रक ठोक्किँदा ७६ जनाको मृत्यु भएको छ।
पश्चिमी अफगानिस्तानमा भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएको हेरात प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद युसुफ सईदीले जानकारी दिए। मृतकलाई सैन्य अस्पतालमा सारिएको छ। जसमा एक दर्जनभन्दा बढी बालबालिकासमेत छन्।
सरकारी सञ्चालित बख्तर समाचार एजेन्सीले यस दुर्घटनालाई हालका वर्षमा भएको सबैभन्दा घातकमध्ये एक भएको बताएको छ।
संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायका अनुसार, यस वर्षको शुरूदेखि हालसम्म इरान र पाकिस्तानबाट करिब १५ लाख अफगानी नागरिक स्वदेश फर्किएका छन्। यी देशहरूले दशकौँसम्म शरण दिइसकेपछि आप्रवासीलाई फिर्ता पठाउने प्रयास तीव्र बनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
