मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० को विन्दुमा कायम भएको छ भने पाँच अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० को विन्दुमा कायम भएको हो।
यद्यपि, नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ।
यस दिन ३१६ कम्पनीका एक करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर ६१ हजार ७८४ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
मंगलबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। बैंकिङ ०.४०, विकास बैंक ०.२०, वित्त ०.०२, होटल तथा पर्यटन ०.०५, जलविद्युत् ०.१६, लगानी ०.२१, जीवन बीमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.१२, म्युचुअल फन्ड ०.२९, निर्जीवन बीमा ०.११, अन्य ०.०९ र व्यापार समूहको उपसूचक ०.१८ प्रतिशतले बढेको छ।
यो दिनको कारोबारमा सबैभन्दा धेरै सान्भी इनर्जीको शेयर मूल्य ६.९८ प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ६.१४ प्रतिशतले गुमाएका छन्।
कारोबारको आधारमा सर्वाधिक युनाइटेड मोदीको ३१ करोड ७२ लाख ३७ हजार ८७२ रुपैयाँ बराबरको कारोबार भएको छ। शेयर संख्याका आधारमा भने सानिमा लार्ज क्याप फन्डको ५ लाख ४३ हजार ६०० कित्ता किनबेच भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
