नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

नेप्से परिसूचक सोमबार ९.१६ अंकले बढेर २७७०.३९ को विन्दुमा कायम भएको छ।

काठमाडौँ – साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ।

आइतबार २७.१४ अंकले घटेको नेप्से परिसूचक सोमबार ९.१६ अंकले बढेर २७७०.३९ को विन्दुमा कायम भएको हो।

यद्यपि, नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। आइतबार ७ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ।

यस दिन ३२० कम्पनीका एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर ६७ हजार ९५९ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।

सोमबारको कारोबारमा म्युचुअल फन्ड उपसूचक ०.४९ प्रतिशत र अन्य समूहको उपसूचक ०.५८ प्रतिशतले घटेको छ।

बैंकिङ ०.१७, विकास बैंक ०.३१, वित्त ०.०९, होटल तथा पर्यटन ०.२४, जलविद्युत् ०.९७, लगानी  ०.४३, जीवन बीमा समूहको उपसूचक ०.३२ प्रतिशतले बढेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन ०.४९, लघुवित्त ०.१०, निर्जीवन बीमा ०.३८ र व्यापार समूहको उपसूचक १.२९ प्रतिशतले बढेको छ।

यो दिन युनियन हाइड्रो पावरको शेयर मूल्य सबैभन्दा धेरै ६.१० प्रतिशतले बढेको छ भने सम्पदा लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ४.८१ प्रतिशतले घटेको छ।

कारोबारको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २१ करोड ७५ लाख २८ हजार ८३१ रुपैयाँ बराबरको सर्वाधिक कारोबार भएको छ। शेयर सङ्ख्याका आधारमा भने लिबर्टी इनर्जी कम्पनी लिमिटेडको ६ लाख २७ हजार १३८ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ।