युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगै युरोपका प्रमुख नेताहरू पनि वासिङ्टन जाने भएका छन्।
युक्रेनमाथि रुसी आक्रमणको अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दबाब दिन युरोपेली नेताहरू पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगै वासिंटन जाने भएका छन्।
राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको शिखर वार्तापछि ट्रम्पले सोमबार युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग भेट गर्ने कार्यक्रम छ।
राष्ट्रपति ट्रम्पले रुसी समकक्षी पुटिनसँग गत शुक्रबार शिखर सम्मेलन गरेका थिए। बैठकले युक्रेनमा जारी युद्ध अन्त्य गर्नतर्फ निष्कर्ष निकाल्न नसकेपछि ट्रम्पले युक्रेनमा तत्काल युद्धविराम गर्न असम्भव देखिएको बताएका थिए।
युक्रेन र युरोपेली सहयोगीहरूले पुटिनको अडानलाई समय खर्च गरेर युद्धभूमिमा रुसको प्रगतिलाई बढाउने नयाँ रणनीतिको रूपमा हेरेका छन्।
युक्रेनको पक्षमा उभिन र ट्रम्पलाई मनाउन बेलायतका प्रधानमन्त्री केइर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज र नेटोका महासचिव मार्क रुट पनि वासिंटन पुग्ने भएका हुन्।
त्यसैगरी, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन, इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी र फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब्स पनि यो अभियानमा सहभागी हुने बताइएको छ।
जर्मन सरकारले यस भ्रमणको पुष्टि गर्दै जर्मनीले युक्रेनमा द्रुत शान्ति सम्झौतामा चासो राख्ने प्रयास गर्ने बताएको छ।
ट्रम्पले अलास्काबाट वासिंटन फर्कने क्रममा जेलेन्स्की र युरोपेली नेताहरूलाई पुटिनसँगको छलफलबारे जानकारी गराउने अपेक्षा गरिएको छ।
“रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय सिधै शान्ति सम्झौतामा जानु हो जसले युद्धको अन्त्य गर्नेछ,” ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “युद्धविरामका सम्झौताहरू अक्सर रोकिँदैनन्।”
रुसी र अमेरिकी नेताहरूको अलास्का सम्मेलनपछि प्रतिक्रिया दिँदै जेलेन्स्कीले शनिबार यो परिवर्तनले ‘परिस्थितिलाई जटिल बनाएको’ बताएका थिए।
रुसले आक्रमण रोक्न चाहेमा शान्तिपूर्ण सहअस्तित्व कायम गर्न सक्ने थुप्रै प्रयास गर्न सक्ने उनले बताए। “यदि मस्कोमा आक्रमण रोक्नका लागि सरल आदेश जारी गर्ने इच्छाशक्ति छ भने रुसले दशकौँसम्म आफ्ना छिमेकीसँग शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने बृहत् इच्छाशक्ति राख्ने धेरै प्रयास गर्न सक्छ,” उनले भने।
पुटिनसँगको वार्तालाई लिएर युरोपेली नेताहरूले शुरूदेखि नै असहजता व्यक्त गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
