आइतबार नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। यस दिन नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ बिन्दुमा रोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा ०.९७ प्रतिशतको गिरावट हो।
आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। यस दिन कुल ३१७ कम्पनीको सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ रुपैयाँ बराबरको दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता शेयर कारोबार भएको छ। यसअघि बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको थियो।
सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.७४ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५५ अंकले घटेको नेप्सेले जनाएको छ।
यस दिनको कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ। लघुवित्त समूहको उपसूचकमा सर्वाधिक १.३१ प्रतिशतको गिरावट आएको छ भने अन्य समूहको उपसूचक १.३४ प्रतिशत र व्यापार समूहको उपसूचक १.६४ प्रतिशतले घटेको छ।
बैंकिङ १.०३, विकास बैंक ०.५१, वित्त ०.९३, होटल तथा पर्यटन ०.२१, जलविद्युत् ०.७७, लगानी ०.८३, जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन १.००, निर्जीवन बीमा ०.६८ र म्युचुअल फन्ड समूहको उपसूचक ०.१० प्रतिशतले घटेका छन्।
यस दिन आरबीबी म्युचुअल फन्ड–१ को शेयर मूल्य ०.८१ रुपैयाँले बढेर ११.०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, अपर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य ४३.५० रुपैयाँले बढेर ७३५.१५ रुपैयाँ, कालिका पावर कम्पनी लिमिटेडको ३४.६२ रुपैयाँले बढेर ६१५.९० रुपैयाँ र अपर हेवा खोला हाइड्रोपावरको शेयर मूल्य ३३.३९ रुपैयाँले बढेर ६१३.४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस दिन सम्पदा लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले घटेको छ, जसको प्रतिकित्ता मूल्य ९८९.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। ट्रेड टावर लिमिटेडको शेयर मूल्य ५.८८ प्रतिशतले घटेर ८८३.४५ रुपैयाँ र ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ४.७९ प्रतिशतले घटेर ११५८.९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिपब्लिक मिडिया र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
