गाजा शहरको जितुन क्षेत्रमा रहेका ५० हजारभन्दा बढी मानिस खाना, पानी र अन्य आधारभूत आवश्यकताबाट वञ्चित भएका छन्।
इजरायलको आक्रमणमा परी गाजामा कम्तीमा ४० जनाको मृत्यु भएको छ। शनिबार सहायता वितरणस्थल नजिकै सेनाले गोली चलाउँदा खाना लिन लाइनमा उभिएका १३ जना प्यालेस्टिनीसहित ४० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ।
यो घटनालाई इजरायली सेनाले गाजा शहर कब्जा गर्ने योजनाअघि गरिएको ठूलो आक्रमणको संकेतका रूपमा हेरिएको छ। २२ महिनादेखि चलिरहेको युद्धले गम्भीर मानवीय संकट निम्त्याइरहेका बेला इजरायलले गाजा शहर कब्जा गर्ने निर्णय एक हप्ताअघि मात्र गरेको थियो। त्यसअन्तर्गत सेनाले आइतबारदेखि गाजामा थप पाल र आश्रय सामग्री पठाउने बताइएको छ।
हमासले भने यस कदमलाई ‘गाजा शहर कब्जा गर्ने क्रुर योजनाको हिस्सा’ भन्दै कडा विरोध गरेको छ।
गाजाका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलका अनुसार गाजा शहरको जितुन क्षेत्र खराब अवस्थामा पुगेको छ। त्यहाँ करिब ५० हजार मानिस रहेका र तिनीहरूमध्ये धेरैजना खाना, पानी र अन्य आधारभूत आवश्यकताबाट वञ्चित भएका छन्।
हालैका दिनमा गाजा शहरका आवासीय क्षेत्रमा निरन्तर हवाई आक्रमण भएको स्थानीयले बताएका छन्। एक स्थानीय बासिन्दा घसन कास्कोले भने, “हामीलाई निद्राको स्वाद थाहा छैन। विस्फोट र बमबारी कहिल्यै रोकिन्न।”
सेनाले भने आफ्नो कारबाही अन्तर्राष्ट्रिय कानूनअनुसार भएको दाबी गर्दै नागरिक क्षति कम गर्न प्रतिबद्ध रहेको जनाएको छ।
संयुक्त राष्ट्रसंघ समर्थित विज्ञहरूले इजरायलले मानवीय सहायतामा कटौती गरेकाले यस क्षेत्रमा ठूलो अनिकालको खतरा रहेको चेतावनी दिएका छन्।
सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणपछि शुरू भएको यस युद्धमा हालसम्म एक हजार २१९ इजरायलीको मृत्यु भएको छ। इजरायली आक्रमणका कारण ६१ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
