घट्यो सुनचाँदीको मूल्य

शुत्रबार १ लाख ९६ हजार २०० रुपैयाँ रहेको सुन आज १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७० रुपैयाँले घटेको हो। 

शुत्रबार १ लाख ९६ हजार २०० रुपैयाँ रहेको सुन आज १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।  

यस्तै चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले घटेर २ हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।