वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै नेताले केही महत्त्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्धविराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादीमिर पुटिनबीच अलास्कामा भएको वार्ता प्रगतिउन्मुख भए पनि ठोस सम्झौताबिना अन्त्य भएको छ।
वार्तामा युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेन। झन्डै तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र पुटिनले केही महत्त्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्धविराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएन।
वार्ता ‘अत्यन्तै फलदायी’ भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन्। पुटिनले वार्ता आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राखे। साथै, उनले द्वन्द्वका मूल कारण समाधान नगरी स्थायी शान्ति सम्भव नहुने भएकाले उक्साउने प्रयास नगर्न युरोपेली मुलुकलाई आग्रहसमेत गरे।
दुवै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रारम्भिक चरणको यो बैठक तात्कालिक उपलब्धिबिना टुंगिएको देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। (रासस/सिन्ह्वा)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
