मनसुन क्रमशः कमजोर हुँदै

गण्डकी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहको महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा मनसुन क्रमशः कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

दिउँसो सुदूरपश्चिमसहित पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका केही र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। 

राति पनि पहाडी भूभागमा साधारणतया बदली र अन्य भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।