भारत-शासित जम्मू-काश्मीरको किष्टवार जिल्लामा एकाएक अति भारी वर्षा भई आएको बाढीमा परी कम्तीमा ३४ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्।
भारत-शासित जम्मू-काश्मीरको किष्टवार जिल्लामा भीषण वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बिहीबार बिहान ‘क्लाउड ब्रस्ट’ पछि आएको बाढीका कारण कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
किष्टवारका जिल्ला आयुक्त पंकज कुमार शर्माले दिएको जानकारीअनुसार, उद्धार टोलीले हालसम्म ३४ शव फेला पारेको र ३५ जना घाइतेको उद्धार गरेको छ। अझै केही मानिस हराइरहेकोले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अहिले बाढी प्रभावित व्यक्तिहरूको उद्धार प्रयास जारी रहेको छ।
यस घटनाप्रति दुःख व्यक्त गर्दै काश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले विज्ञप्तिमार्फत बाढी प्रभावितलाई सक्दो सहयोग गर्ने बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति समवेदना व्यक्त गर्दै पीडितहरूलाई सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।
नजिकैको अथोली गाउँका एक स्थानीय सुशील कुमारले एएफपीसँगको कुराकानीमा भने, “मैले आफ्नै आँखाले १५ जना मृतकहरूलाई अस्पतालमा ल्याइएको देखेँ।”
घटनास्थल श्रीनगरबाट करिब २०० किलोमिटर टाढा रहेकाले उद्धार कार्यमा कठिनाइ भएको छ। बाढी र निरन्तर वर्षाले बाटोहरू भत्किएकाले उद्धार टोलीलाई घटनास्थल पुग्न समस्या भइरहेको छ।
यसअघि, अगस्ट ५ मा भारतको उत्तराखण्ड राज्यस्थित धाराली गाउँमा बाढी र पहिरोका कारण ठूलो विनाश भएको थियो। सो घटनामा ७० भन्दा बढी मानिसको ज्यान गएको आशंका गरिएको छ।
विज्ञहरूका अनुसार भारतमा हरेक वर्ष मनसुनको समयमा बाढी, पहिरो र वर्षाजन्य विपद् सामान्य भए पनि जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण यस्ता घटना अहिले पहिलेभन्दा धेरै गम्भीर र बारम्बार हुन थालेका छन्।
संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले गत वर्ष नै चेतावनी दिँदै भनेको थियो “बढ्दो बाढी र खडेरीहरू जलवायु संकटको गहिरिँदो संकेत हुन् र विश्वको जलचक्र थप अनियमित बन्दै गएको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
