शेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

बिहीबार नेप्से परिसूचक २.६२ अंकले बढेर २७८८.३६ बिन्दुमा पुगेर रोकिएको छ।

काठमाडौँ– पछिल्ला केही दिनदेखि लगातार ओरालो लागिरहेको शेयर बजारमा बिहीबार भने सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.६२ अंकले बढेर २७८८.३६ बिन्दुमा पुगेर रोकिएको छ।

यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार ६ अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यस दिन कुल ३२० वटा स्टकको एक करोड ९२ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएको छ।

बिहीबार सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्समा भने सामान्य गिरावट आएको छ। विकास बैंक ०.१६, लगानी ०.१७, उत्पादन तथा प्रशोधन ०.५७, अन्य १.८० र व्यापार समूहको उपसूचक ०.९७ प्रतिशतले बढेको छ भने अरू समूहको घटेको छ।

त्यस्तै, बैंकिङ ०.५५, वित्त ०.५३, होटल तथा पर्यटन ०.१०, जलविद्युत् ०.२०, जीवन बीमा ०.०५, लघुवित्त ०.१२, म्युचुअल फन्ड ०.४२ र निर्जीवन बीमाको उपसूचक ०.२२ प्रतिशतले बढेको छ।

आज नेपाल रिपब्लिक मिडिया ९.९, पञ्चकन्यामाई हाइड्रो पावर ५.५६, राधी जलविद्युत कम्पनी ४.४ र अपर स्याङ्गी हाइड्रो पावरका लगानीकर्ताले ४.२२ प्रतिशतले कमाएका छन्। आज सबैभन्दा धेरै एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड (एनआईसीएफसी)को शेयर मूल्य सर्वाधिक ८.३१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको ४७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै बलेफी हाइड्रो पावरको १८ लाख ५३ हजार ५५६ कित्ता शेयर किनबेच भएको छ।