मनसुनको न्यूनचापीय रेखा पश्चिममा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले पूर्वी भूभागभन्दा पश्चिमतर्फ बढी सक्रिय रहने छ।
काठमाडौँ– मनसुन थप सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इलाममा वर्षा भएको छ।
बुधबार साँझ पछिल्लो २४ घण्टामा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर वर्षा भएको छ। झापाको अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर, उदयपुरको गाईघाटमा ११४.४ मिलिमिटर वर्षा भएको छ।
कास्कीमा पछिल्लो २४ घण्टामा १२४ मिलिमिटर, सिन्धुपाल्चोकको गोब्रेमा १०८ मिलिमिटर वर्षा भएको छ।
अन्य नौ मापन केन्द्रमा ८० देखि १०० मिलिमिटरको बीचमा वर्षा भएको छ। यो भारी वर्षा हो। महाशाखाका अनुसार झन्डै ५० भन्दा बढी वर्षा मापन केन्द्रमा ५० देखि ६० मिलिमिटरको बीचमा वर्षा भएको छ।
दार्चुला, डोटी, जुम्ला, बाजुरा, जाजरकोट, रुकुम, पर्वत, सुर्खेत, गुल्मी, रुपन्देही, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, बारा, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा ओखलढुंगा, संखुवासभा, धनकुटा, धनुषा, उदयपुर, झापालगायत जिल्लामा वर्षा भएको छ।
मंगलबारदेखि पुनः मनसुन सक्रिय भएर बुधबार देशभर बदली भई धेरै ठाउँमा वर्षा भएको हो। जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले मनसुन सक्रिय भइरहेको बताए।
मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टा मनसुन पूर्वी भूभागभन्दा पश्चिमतर्फ बढी सक्रिय रहने छ।
हाल देशभर पूर्णतया बदली रहेको छ। कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
