बुधबार नेप्से परिसूचक १०.५० अंकले घटेर २,७८५.७४ विन्दुमा पुगेर रोकिएको छ।
काठमाडौँ– पछिल्ला केहि दिनदेखि शेयरबजार ओरालो लागि रहेको छ। बुधबार नेप्से परिसूचक १०.५० अंकले घटेर २,७८५.७४ विन्दुमा पुगेर रोकिएको छ।
यसअघि मंगलबार नेप्से परिसूचक २,७९६.२४ विन्दुमा पुगेर बन्द भएको थियो। नेप्से निरन्तर रूपमा ओरालो लाग्दा कारोबार रकम पनि घट्दै गएको छ।
आज कुल ३२१ स्टकको ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता शेयर कारोबार भएको छ। मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको थियो।
आज सेन्सेटिभ इन्डेक्स १.६१ अंकले घटेको छ। फ्लोट इन्डेक्स ०.६९ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स भने ०.६५ अंकले घटेको छ।
मायाखोला हाइड्रोपावरको शेयर मूल्य २५.०५ रुपैयाँले बढेर ४६१.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सानीमा लार्ज क्याप फन्डको शेयर मूल्य प्रतिकित्ता ०.४६ रुपैयाँले बढेर ११.११ रुपैयाँमा अन्तिम कारोबार भएको छ। नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य प्रतिकित्ता १७.३६ रुपैयाँले बढेर ४९२.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी सप्तकोशी विकास बैंकको शेयर मूल्य प्रतिकित्ता २७.९७ रुपैयाँले बढेर ८६८.१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस्तै, कुमारी बैंकको डिबेन्चरको मूल्यमा नकारात्मक सर्किट लागेको छ। यसको मूल्य प्रतिकित्ता ११७ रुपैयाँले घटेर १,११७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सिकलेस हाइड्रोपावर कम्पनीको शेयर मूल्य यसदिन प्रतिकित्ता ७४.५५ रुपैयाँले घटेर ९५७.९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
बलेफी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ७.२४ रुपैयाँले घटेर २०२.३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसदिन बलेफी हाइड्रोपावर, युनाइटेड मोदी इनर्जी, सिवम सिमेन्ट, नेपाल रिइन्स्योरेनस लिमिटेड र एनआरएन इन्फ्रास्टक्चरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
