मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ बिन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार २६.२२ अंकले घटेर २७९६.२४ बिन्दुमा कायम भएको छ। आज परिसूचकमा ०.९२ प्रतिशतको गिरावट आएको हो। अघिल्लो कारोबार दिनको तुलनामा आज कुल कारोबार रकम पनि कम भएको छ।
मंगलबार ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर ७८ हजार २२६ पटक किनबेच हुँदा ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो सोमबारको १० अर्ब २१ करोड रुपैयाँको कारोबारभन्दा निकै कम हो।
आजको कारोबारमा होटल तथा पर्यटन समूहबाहेक अन्य सबै समूहको उपसूचक घटेको छ। यो समूह १.३२ प्रतिशतले बढेको छ।
लघुवित्त १.४९ प्रतिशत, वित्त १.५३ प्रतिशत, जलविद्युत् १.२६ प्रतिशत र जीवन बीमा १.०६ प्रतिशतले घटेको छ। बैंकिङ, विकास बैंक, उत्पादन, निर्जीवन बीमा र व्यापार समूहको पनि घटेको छ।
आजको कारोबारमा सिटी होटलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको २६ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको ६ लाख ६ हजार ३१७ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
