आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट विद्युतीय सवारीसाधनको प्रयोग बढेर पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा पनि कमी आएको बताउँछन्।
काठमाडौँ– सरकारले स्वच्छ ऊर्जा खपत र वातावरणीय प्रदूषण घटाउने उद्देश्यले विद्युतीय सवारी (ईभी)लाई प्रोत्साहन गर्ने नीति लिएसँगै यसको सकारात्मक प्रभाव देखिन थालेको छ। भन्सार विभागको तथ्यांकअनुसार, पछिल्लो तीन वर्षमा ईभीको आयात ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थको आयातमा भने निरन्तर कमी आएको छ।
आर्थिक वर्ष २०७९/८० मा नेपालमा ११ अर्ब ८४ करोड रुपैयाँ बराबरका चार हजार ५० वटा ईभी भित्रिएका थिए। त्यसको तीन वर्षपछि अर्थात् आव २०८१/८२ मा भने ईभी आयातको संख्या र मूल्य दुवैमा उल्लेख्य वृद्धि भएको छ। यस अवधिमा ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ बराबरका १३ हजार ५६९ वटा ईभी आयात भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा पनि ११ हजार ७०० वटा ईभी आयात भएको देखिन्छ।
ईभीको आयात बढेसँगै पेट्रोलियम पदार्थको आयात भने निरन्तर घट्दो क्रममा रहेको छ। विभागका अनुसार, आर्थिक वर्ष २०७९/८० मा नेपालमा तीन खर्ब नौ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो। तर, आर्थिक वर्ष २०८१/८२ मा यो आयात घटेर दुई खर्ब ८७ अर्ब ६५ करोड रुपैयाँमा झरेको छ। यसबीचमा आर्थिक वर्ष २०८०/८१ मा पनि तीन खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएकाले पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा पनि कमी आएको बताए। उनका अनुसार विभिन्न उद्योगधन्दा र कलकारखानाहरूमा समेत बिजुलीको प्रयोग बढ्दा इन्धनको खपत कम भएको छ।
नेपालमा चीन, भारत, कोरिया, जर्मनी लगायतका विभिन्न मुलुकबाट ईभी आयात हुने गरेका छन्। गत आर्थिक वर्षमा सबैभन्दा धेरै ईभी चीनबाट आयात भएका छन्। कुल आयातको ७५ प्रतिशत ईभी चीनबाट मात्रै आएको तथ्यांकले देखाउँछ, जसको मूल्य २४ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबर छ। यस्तै, कुल आयातको २४ प्रतिशत अर्थात् ६ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरका ईभी भारतबाट आयात भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
