तोलामा १ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।

काठमाडौँ– नेपाली बजारमा शुक्रबारदेखि निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार भने केही गिरावट भएको छ। सोमबारको तुलनामा एक तोला सुनमा १ हजार ३०० रुपैयाँले गिरावट आएको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ। सोही परिमाणको चाँदीको मूल्य प्रतितोला २ हजार ३०५ रुपैयाँ तोकिएको छ। सोमबार एक तोला चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो। 

शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको थियो। सोही दिन एक तोला चाँदी २ हजार ३३० रुपैयाँमा खरिदबिक्री भएको थियो।