राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनले अध्ययनका क्रममा ‘चिकेन एनेमिया भाइरस’ पुष्टि भएको छ। चितवनसहितका जिल्लामा पालिएका कुखुरामा यो रोग देखिएको हो।
चितवन– कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो।
कार्यालयका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो। कार्यालयले एलाइजा प्रविधिबाट गरिएको परीक्षणका क्रममा यो रोगको सङ्क्रमण पुष्टि भएको हो।
९२ नमुना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमुनामा यो रोगको पुष्टि भएको हो। यस रोगले कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्छ। जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने गरेको श्रेष्ठले बताए। “प्रत्यक्ष रूपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्छ,” उनले भने।
यस रोग लागेका कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्षण देखा पर्छन्। “कुखुराले चारा खाने, हिँडडुल गर्ने गरे पनि यसको प्रभाव दीर्घकालीन रूपमा पर्ने भएकाले बेवास्ता गर्नु हुँदैन,” उनले भने। नेपालमा यो रोग काठमाडौँमा पहिलो पटक दुई वर्षअघि देखिएको थियो।
कुखुरालाई यो रोगबाट बचाउन ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको भ्याक्सिन दिनुपर्ने उनले बताए। ब्रोइलरको माउ र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्ने उनको भनाइ छ।
चितवनसहित १६ जिल्लाबाट संकलित नमुना यो प्रयोगशालामा परीक्षण हुँदै आएको छ। गत आर्थिक वर्षमा प्रयोगशालाले दुई हजार ५०० किसानका सात हजार कुखुराको परीक्षण गरेको छ। जसबाट ‘लो प्याथोनिक एभिएन इन्फुलुन्जा’ (एच–नाइन) ४८ वटामा, रानीखेत १३ वटामा, गम्बारो १२२ वटामा र आइबी (इन्फुलुन्जा व्रोङकाइटिस) दुई वटामा देखिएको श्रेष्ठले जानकारी दिए।
सोही अवधिमा एक हजार १२० वटा कुखुराको कलेजो परीक्षण गरिएको थियो। सो परीक्षणबाट इकोलाई ७८५ वटामा र साल्मोनेला ११२ वटामा देखिएको छ। जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन्।
फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उनी बताउँछन्। बजारमा निः सङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निः सङ्क्रमण गर्नसमेत उनले सुझाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
