आइतबार नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.९० अंकले घटेको छ। आइतबार ०.९७ प्रतिशतले घटेको नेप्से परिसूचक २८२२.४६ बिन्दुमा पुगेर रोकिएको हो। यद्यपि, अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने सामान्य सुधार आएको छ।
आज ३२४ वटा कम्पनीको दुई करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर १० अर्ब २१ करोड एक लाख ४२ हजार ३०८ रुपैयाँमा किनबेच भएको छ। यसअघि बिहीबार आठ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ रुपैयाँ बराबरको कारोबार भएको थियो।
आजको कारोबारमा म्युचुअल फन्ड ०.१७ र अन्य समूहको उपसूचक ०.३१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको घटेको छ। बैंकिङ ०.४१, विकास बैंक २.३१, वित्त १.२७, होटल तथा पर्यटन ०.७६, जलविद्युत् १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, लघुवित्त २.३५, निर्जीवन बीमा १.२४ र व्यापार समूहको उपसूचक १.४४ प्रतिशतले घटेको छ।
आज रिभरफल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य ३६.८७ रुपैयाँले बढेर ४०६.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, पञ्चकन्यामाइ हाइड्रोपावरको शेयर मूल्य २६.१६ रुपैयाँले बढेर ४०६.७६ रुपैयाँ पुगेको छ।
त्यसैगरी, उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशतले घटेर २२४६.२८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। लिबर्टी इनर्जीको सेयर मूल्य ७.०६ प्रतिशतले घटेर २३६.२२ रुपैयाँमा झरेको छ। आज शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र साहस ऊर्जाको शेयर सर्वाधिक कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
