यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरिसकेका छन्।
काठमाडाैँ– अस्ट्रेलियाले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने घोषणा गरेको छ। बीबीसीका अनुसार अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा र प्यालेस्टिनी प्राधिकरणबाट प्रतिबद्धता प्राप्त भएपछि यो कदम चालिने बताएका हुन्।
"मध्यपूर्वमा हिंसाको चक्र तोड्न र गाजामा द्वन्द्व, पीडा र भोकमरीको अन्त्य गर्न दुई राज्य समाधान मानवताको उत्तम आशा हो," उनले सोमबार भने।
यसअघि बेलायत, फ्रान्स र क्यानडाले पनि प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरिसकेका छन्। सबै देशहरूले प्यालेस्टाइनले हमासलाई नसघाउने, नस्वीकार्ने भन्ने शर्तमा मात्रै राष्ट्रको मान्यता दिने जनाएका हुन्।
इजरायलमाथि गाजामा युद्ध अन्त्य गर्न विश्वव्यापी रूपमा दबाब बढीरहेको छ। तर इजरायलले भने गाजालाई नियन्त्रणमा लिने तयारी गरिरहेको छ। साथै, प्यालेस्टिनी राज्यलाई मान्यता दिनुलाई 'आतंकवादलाई पुरस्कृत गर्नु' भएको बताउँदै आएको छ।
इजरायली–कब्जा गरिएको पश्चिम किनारका केही भागहरू नियन्त्रण गर्ने प्यालेस्टिनी प्राधिकरणले पहिले नै राज्यको मान्यताले आफ्ना जनताको आत्मनिर्णयको लागि बढ्दो समर्थनलाई देखाएको बताएको छ।
सन् २०२३ देखि इजरायलको सैन्य अभियानको परिणामस्वरूप कुल ६१ हजारभन्दा बढी प्यालेस्टिनीहरूले ज्यान गुमाइसकेका छन्।
त्यस वर्षको अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणको जवाफमा इजरायलले आफ्नो आक्रमण शुरू गरेको थियो, जसमा लगभग १ हजार २०० जना मारिएका थिए र २ सय ५१ जनालाई बन्धक बनाइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
