अल–शरीफलाई कुनै दिन रिपोर्टिङ गर्दागर्दै इजरायली आक्रमणमा पर्छु भन्ने थाहा थियो। त्यसैले उनले आफ्नो मृत्युकाे दिन प्रकाशित हुने गरी गत अप्रिलमा अन्तिम सन्देश लेखेका थिए
काठमाडाैँ– गाजाको अलशिफा अस्पताल नजिकै इजरायली आक्रमणमा परी आफ्ना चार पत्रकारको मृत्यु भएको अल जजिराले जनाएको छ।
अल जजिराका अनुसार आइतबार साँझ भएको इजरायली आक्रमणको समयमा संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरेकी, क्यामेरापर्सन इब्राहिम जहिर र मोहम्मद नौफलको मृत्यु भएको हो। चारै जना अस्पतालको मुख्य ढोकामा पत्रकारहरूका लागि राखिएको त्रिपालमुनि थिए।
दुई हप्ताअघि अल जजिराले इजरायल रक्षा बल (आईडीएफ) लाई गाजामा रहेका २८ वर्षीय अल–शरीफलगायत आफ्ना पत्रकारहरूविरुद्ध 'उत्तेजनाको अभियान' भएको भन्दै निन्दा गरेको थियो।
आक्रमणको केही समयपछि, आईडीएफले अनास अल–शरीफमाथि आक्रमण गरेको पुष्टि गरेको छ। आईडीएफले टेलिग्राममा पोस्ट गर्दै उनी हमासमा आतंकवादी सेलको प्रमुखको रूपमा काम गरिरहेको आरोप लगाएको छ। आक्रमणमा मारिएका अन्य कुनै पत्रकारको नाम उल्लेख गरेको छैन।
अल जजिराका प्रबन्ध सम्पादक मोहम्मद मोआदले बीबीसीलाई बताएअनुसार गाजाभित्रबाट रिपोर्ट गर्ने अल–शरीफ संसारको 'एकमात्र आवाज' थिए।
मारिनुभन्दा केही समयअघि अल–शरीफले एक्समा एक भिडियो शेयर गर्दै गाजामा इजरायली सेनाले तीव्र बमबारी गरिरहेको लेखेका थिए। उनको उक्त अन्तिम भिडियोको पृष्ठभूमिमा इजरायली क्षेप्यास्त्र विस्फोटको ठूलो आवाज सुनिन्छ।
अल–शरीफलाई कुनै दिन रिपोर्टिङ गर्दागर्दै इजरायली आक्रमणमा पर्छु भन्ने थाहा थियो। त्यसैले उनले आफ्नो मृत्युकाे दिन प्रकाशित हुने गरी गत अप्रिलमा अन्तिम सन्देश लेखेका थिए, "पीडाका तहतहमा बाँचेको छु र बारम्बार शोक र क्षतिको स्वाद चाखेको छु।"
"त्यसो भए पनि, म सत्यलाई विकृत वा गलत प्रस्तुतीकरणबिना जस्ताको तस्तै प्रस्तुत गर्न कहिल्यै हिचकिचाउँदिन, आशा गर्छु कि भगवानले मौन बस्नेहरूलाई, हाम्रो हत्यालाई स्वीकार गर्नेहरूलाई र हाम्रो सासलाई रोक्नेहरूलाई देख्नुहुनेछ," उक्त सन्देशमा उनले भनेका थिए।
उनले आफ्नी श्रीमती बायानलाई छोड्नु परेकोमा र आफ्नो छोरा सलाह र छोरी शामलाई हुर्किएको देख्न नपाएकोमा पनि दुःख व्यक्त गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
