आहा रारा गोल्डकप : संकटा अन्तिम चारमा

सेमिफाइनलमा आर्मीलाई ३-१ गोलअन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको छ।

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै संकट क्लब पोखरामा जारी २२औँ संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। सोमबार सम्पन्न सेमिफाइनलमा आर्मीलाई ३-१ गोलअन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो।

खेलको १६औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई शुरूआती अग्रता दिलाएका थिए। तर, संकटाले ३६औँ पुनरागमन गर्दै बराबरी गोल फर्कायो। उसका लागि मेसौके ओलोमोउले गोल गरे।

७४औँ मिनेटमा सुरजजिउ ठकुरीले गोल गोल गर्दै संकटालाई खेलमा अग्रता दिलाए। खेलको इन्जुरी समयमा स्टेफन बिनोङले गोल गर्दै संकटाको जित पक्का गरे। अब आर्मीले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली एपीएफलको सामना गर्ने छ।