देशका केही भागमा भारी वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिमलगायत पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ।

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थान उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। यसको प्रभावले कर्णाली र सुदूरपश्चिमलगायत पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ। 

मधेशका एक–दुई तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा बदली रही बाँकी स्थानमा साधरणतया बदली रहनेछ। 

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशीको पहाडी तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर साधरणतया बदली रहनेछ। कोशी र मधेशका केही तथा बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशीको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

देशभर मनसुन सक्रिय रही कोशी र सुदूरपश्चिममा भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।