खीरगंगा नदीमा अचानक आएको बाढी धराली गाउँमा पस्दा सडक, भवन र पसल हिलोले पुरिएका छन्।
उत्तरी भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा बादल फाटेर अचानक आएको बाढीमा परी चार जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी मानिस बेपत्ता भएका छन्। यो घटना मंगलबार दिउँसो करिब १:३० बजे भएको हो।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार, उत्तरकाशीका डीएम प्रशान्त आर्यले यस घटनामा चार जनाको मृत्यु भएको र ५० बढी मानिस बेपत्ता भएको पुष्टि गरेका छन्।
ठूलो मात्रामा खीरगंगा नदीमा आएको बाढी धराली गाउँमा पसेको थियो। यसले गर्दा उक्त क्षेत्रका सडक, भवन, र पसल हिलोले पुरिएका छन्। धराली गाउँ लोकप्रिय पर्यटकीय गन्तव्य हो। यहाँ धेरै होटल र रेस्टुरेन्टहरू छन्। यहाँ भारतीय सेनाको ठूलो अड्डा र आईटीबीपीको शिविर पनि रहेको छ। धराली गाउँ देहरादूनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट १० किलोमिटर दूरीमा छ।
प्रत्यक्षदर्शीहरूले बाढी अचानक आएकोले मानिसहरूलाई भाग्ने मौका नै नमिलेको बताएका छन्। अनलाइनमा सार्वजनिक भएका भिडियोमा पानीको विशाल छाल बगिरहेको र बाटोमा रहेका भवन डुबानमा परेको देख्न सकिन्छ। त्यसैगरी, प्राचीन कल्पकेदार मन्दिर पनि हिलोले पुरिएर क्षतिग्रस्त भएको मानिएको छ।
मुख्यमन्त्री पुष्कर सिंह धामीले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिँदै उद्धार कार्य भइरहेको बीबीसीले उल्लेख गरेको छ। भारतीय सेना र इन्डो-तिब्बती सीमा बलका कर्मचारीसहितका उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन्। तर, क्षेत्रमा लगातार भारी वर्षा भइरहेकाले उद्धार कार्यमा ढिलाइ भएको छ। अधिकारीहरूका अनुसार, क्षेत्रमा सञ्चारको समस्याका कारण सम्पर्क स्थापित गर्न पनि कठिनाइ भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
