मंगलबार नेप्से परिसूचक ४१.७८ अंक अर्थात् १.४५ प्रतिशतले घटेर २८३३.५७ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४१.७८ अंक अर्थात् १.४५ प्रतिशत गिरावट देखिएको हो।
केही दिनअघि तीन हजार बिन्दु पार गरेको नेप्से परिसूचक लगातार ओरालो लाग्दै मंगलबार २८३३.५७ को बिन्दुमा झरेर रोकिएको छ।
यस दिन कुल ३२५ कम्पनीको नौ अर्ब ३३ करोड रुपैयाँ बराबरको दुई करोड २२ लाख कित्ताभन्दा बढी शेयर कारोबार भएको छ। हिजो सोमबारको तुलनामा यो कारोबार रकम कम हो। सोमबार १० अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
नेप्सेका अनुसार मंगलबार ४६ कम्पनीको शेयर मूल्य बढ्दा २०४ वटाको घटेको छ। सेन्सेटिभ इन्डेक्स ६.५१, फ्लोट इन्डेक्स २.७७ सेन्सेटिभ फ्लोट इन्डेक्स २.२६ अंकले घटेको छ।
यस दिनको कारोबारमा दुई वटा समूहको उपसूचक बढ्दा अरू समूहको घटेको छ। लघुवित्त ०.४४ र म्युचुअल फन्ड समूहको उपसूचक ०.१७ प्रतिशतले बढेको हो। बैंकिङ १.०८, विकास बैंक २.४६, वित्त १.८५, होटल तथा पर्यटन ०.९९, जलविद्युत् १.६४, लगानी १.७१ र जीवन बीमा समूहको उपसूचक १.४२ प्रतिशतले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन १.६३, निर्जीवन बीमा १.२०, अन्य २.७६ र व्यापार समूहको उपसूचक पनि १.८५ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने थ्रिस्टार लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, ट्रेड टावर, शिवम् सिमेन्ट, नाग्दी ग्रुप पावर र बुटवल पावर कम्पनी रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
