आगामी २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रौतहटमा उक्त अवधिमा १५९ मिलिमिटर वर्षा भएको हो।
त्यसपछि नवलपरासी पूर्व र नवलपरासी पश्चिममा समान १०३.६ मिलिमिटर वर्षा भएको छ। रुपन्देहीको तिलोत्तमामा १०७.८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। यता अर्घाखाँचीमा पनि १०४.२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ।
त्यसैगरी दाङ, चितवन, काठमाडौँ, धनुषा, सिरहा, खोटाङ, मकवानपुर, बारा, पर्सा, झापा, सिन्धुपाल्चोक, तनहुँ, पाल्पा, गुल्मी, पर्वत, कञ्चनपुर, डडेलधुरा, सिन्धुलीका केही केन्द्रमा भारी वर्षा मापन भएको छ। पछिल्लो एक घण्टामा बैतडी, डोटी, लमजुङ, चितवनमा मध्यम वर्षा भएको छ भने अन्य धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
मौसमविद् रोजन लामिछानेले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको बताए।
अहिले देशभर बदली छ। कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। उनका अनुसार आगामी २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। आगामी केही दिन मधेश प्रदेशलगायत देशभर मनसुन सक्रिय रहिरहने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
