सोमबार नेप्से परिसूचक १६.४६ अंकले बढेर २८७५.३६ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ।
नेप्से परिसूचक सोमबार १६.४६ अंकले बढेर २८७५.३६ को बिन्दुमा कायम भएको हो। यो ०.५७ प्रतिशतको सुधार हो। परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ।
आज ३२५ कम्पनीको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर एक लाख ४९ हजार २७४ पटक खरिदबिक्री हुँदा १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि आइतबार १३ अर्ब सात करोड ५० लाख बराबरको कारोबार भएको थियो।
आजको कारोबारमा बैंकिङ १.६६, जलविद्युत् ०.२५, लगानी ०.११, जीवन बीमा ०.५०, लघुवित्त ०.५०, म्युचुअल फन्ड ०.०८ र व्यापार दुई दशमलव ८९ प्रतिशतले बढेको छ।
विकास बैंक ०.०६, वित्त ०.८२, होटल तथा पर्यटन ०.३४, उत्पादन तथा प्रशोधन ०.१२, निर्जीवन बीमा ०.५१ र अन्य समूह ०.४५ प्रतिशतले घटेको छ ।
थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य आज सबैभन्दा धेरै ६.८९ प्रतिशतले बढेको छ। ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
