राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनी वर्षाका कारण हालसम्म २९९ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्।
पाकिस्तानमा भारी वर्षा र बाढीले विनाश निम्त्याएको छ। जुन २६ देखि शुरू भएको मनसुनी वर्षाका कारण हालसम्म १४० बालबालिकासहित कम्तीमा २९९ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीमा परी ७०० भन्दा बढी घाइते भएका छन्।
प्राधिकरणका अनुसार, मृत्यु हुनेहरूमध्ये १०२ पुरुष र ५७ महिला छन्। घाइते हुनेमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष समावेश छन्। यस प्रकोपले एक हजार ६७६ घर क्षतिग्रस्त भएका छन्। ४२८ वटा पशुधनको पनि मृत्यु भएको छ।
विपद्को सामना गर्न प्राधिकरणले २२३ वटा उद्धार अभियान सञ्चालन गरेको छ। यी अभियानहरूबाट दुई हजार ८८० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।
प्रभावित क्षेत्रमा लाइफ ज्याकेट, जनस्वास्थ्य किट, पाल र पानी तान्ने पम्पजस्ता अत्यावश्यक सामग्री पनि वितरण गरिएको छ। यसका साथै, ७१ वटा शिविर स्थापना गरी चिकित्सा सहायता प्रदान गरिएको छ। उद्धार र राहत कार्यमा प्रान्तीय र संघीय निकाय पनि सक्रिय छन्।
पाकिस्तान मौसम विज्ञान विभागले अगस्ट ४ देखि ७ सम्म उत्तरी क्षेत्रहरूमा भारी वर्षा र चट्याङको पूर्वानुमान गरेको छ। खैबर पख्तुनख्वा, पञ्जाब र इस्लामाबादलगायतका क्षेत्रमा वर्षाको सम्भावना छ।
यसैगरी, पञ्जाबको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इरफान अलि काठियाले मनसुनी वर्षाको छैटौँ चरण शुरू हुने चेतावनी दिएका छन्। प्राधिकरण यो मनसुनले चेनाब र झेलम नदीमा बाढीको जोखिम बढाउने छ।
प्राधिकरणका अनुसार, लाहोर, मुरी, अटक, झेलम, गुज्रानवालालगायतका दर्जनौँ जिल्लाहरू प्रभावित हुन सक्छन्। यस वर्ष अगस्टमा जुलाईको तुलनामा बढी वर्षा हुने अनुमान गरिएको छ। मुरी र गल्लियातजस्ता लोकप्रिय पर्यटकीय क्षेत्रहरूमा कमजोर संरचना र माटोका घरहरूमा क्षति पुग्न सक्ने जोखिम पनि औँल्याइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
