आइतबार नेप्से परिसूचक ६३.७३ अंक अर्थात् २.१८ प्रतिशतले घटेर २८५८.९० बिन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। आइतबार नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० बिन्दुमा कायम भएको हो। यो २.१८ प्रतिशतको गिरावट हो।
आज ३१९ कम्पनीको तीन करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर एक लाख ५२ हजार ५१८ पटक खरिदबिक्री हुँदा १३ अर्ब सात करोड ५० लाख बराबरको कारोबार भएको छ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी लघुवित्त समूह ३.०५, बैंकिङ २.२७, लगानी २.१९, जीवन बीमा २.१६ र उत्पादन तथा प्रशोधन समूह २.४३ प्रतिशतले घटेको छ।
विकास बैंक १.६६, वित्त १.६६, होटल तथा पर्यटन १.१७, जलविद्युत् १.३०, म्युचुअल फन्ड १, निर्जीवन बीमा १.७३ र व्यापार १.४३ प्रतिशतले घटेको छ।
आजको कारोबारमा ट्रेड टावर र शिवश्री हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सको ७५ करोड ३९ लाख ६४ हजार ८६५ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा सनराईज ब्लुचिप फन्डको सबैभन्दा बढी १२ लाख ४९ हजार ४१६ कित्ता शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
