घट्यो पेट्रोलको मूल्य, एलपी ग्यासको यथावत्

डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २१ अमेरिकी डलर बढाइएको छ।

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाइएको छ। 

डिजेल र मट्टितेलमा भने प्रतिलिटर २ रुपैयाँ बढाइएको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २१ अमेरिकी डलर बढाइएको छ। 

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १५९, डिजेल र मट्टितेल प्रतिलिटर १५०, हवाई इन्धन प्रतिलिटर १२८ तय गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको छ। नयाँ मूल्यसूची बिहीबार राति १२ बजेदेखि लागू भएको छ।