यस्तो छ बिहीबारको मौसम पूर्वानुमान

सुदूरपश्चिम, लुम्बिनी र तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थान आसपास नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागमा साधारणतया बदली हुनेछ। सुदूरपश्चिमसहित पहाडी भूभागका केही र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

राति कोशी, मधेश र सुदूरपश्चिमका पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली हुनेछ। मधेश र सुदूरपश्चिमसहित पहाडी भेगका भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।