शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार झन्डै ३१ अंकले बढेर बन्द भएको नेप्से आज ​​​​​​​४७.९३ अंकले घटेर २,९५४.१४ को विन्दुमा झरेको छ।

काठमाडाैँ– शेयर बजार परिसूचक नेप्से बुधबार उच्च अंकले घटेको छ। मंगलबार झन्डै ३१ अंकले बढेर बन्द भएको नेप्से आज ४७.९३ अंकले घटेर २,९५४.१४ को विन्दुमा झरेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार साढे १८ अर्बको शेयर खरिदबिक्री भएको बजारमा आज ३२७ स्टकको ३ करोड ६४ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँबराबरको कारोबार भएको हो।

सान्भि इनर्जी र ट्रेड टावरको शेयरमा आज पनि सकारात्मक सर्किट तहमा कारोबार भएको छ। त्यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा धेरैले बढेको छ।

कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.०४ प्रतिशत तथा कालिका पावर ६ प्रतिशतले घटेको छ।

१३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचक सामान्य बढ्दा बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। लघुवित्त र विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक तीन प्रतिशतभन्दा धेरैले घटेको छ। त्यस्तै, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।