चाँगुनारायणमा ३१ हजार विदेशी पर्यटक, १ करोड १९ लाख राजस्व संकलन

चाँगुनारायण मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकसँग प्रतिव्यक्ति ३०० र अन्य राष्ट्रबाट आएका पर्यटकसँग प्रतिव्यक्ति ४०० रुपैयाँका दरले शुल्क लिने गरिएको छ।

भक्तपुर– विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा गत वर्ष ३१ हजार २२५ विदेशी पर्यटक आएका छन्। 

चाँगुनारायण पर्यटक सूचना केन्द्रका प्रमुख सविता बस्नेतका मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको हो। त्यसबाहेक युरोपेली देशबाट २५ हजार ४५९ पर्यटक आएका छन्।  

विदेशी पर्यटकबाट चाँगुनारायणले १ करोड १९ लाख १० हजार ४०० राजस्व संकलन गरेको छ। भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ३०० रुपैयाँका दरले पर्यटन शुल्कबापत १७ लाख २६ हजार ८०० राजस्व संकलन भएको हो। 

अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ४०० रुपैयाँका दरले १ करोड १ लाख ८३ हजार ६०० संकलन भएको उनले जानकारी दिए।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्कबापत संकलन भएको रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसँगै नगरभित्रका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवं पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको बताए।