भारतको झारखण्डमा तीर्थयात्री बोकेको एउटा बस ग्यास सिलिन्डर बोकेको ट्रकसँग ठोक्किँदा १८ जनाको मृत्यु भएको छ।
पूर्वी भारतमा मंगलबार भएको सडक दुर्घटनामा कम्तीमा १८ जना हिन्दू तीर्थयात्रीको मृत्यु भएको छ। तीर्थयात्री बोकेको बस खाना पकाउने ग्यास सिलिन्डर बोकेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्।
झारखण्ड राज्यको दुर्घटनास्थलका दृश्यहरूमा बसको पछाडिको भाग पूर्ण रूपमा जलेको देखिन्छ। स्थानीय सांसद निशिकान्त दुबेका अनुसार, ती तीर्थयात्रीहरू पवित्र श्रावण महिना मनाउन हिन्दू तीर्थस्थलतर्फ जाँदै थिए। उनीहरू भगवान शिवलाई अर्पण गर्न गंगा नदीबाट पवित्र जल लिएर हिँडेका थिए।
“बस र ट्रक दुर्घटनामा १८ जना भक्तको ज्यान गएको छ,” दुबेले सामाजिक सञ्जालमा लेखेका छन्।
यस दुःखद घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो समवेदना व्यक्त गरेका छन्। उनको कार्यालयले सामाजिक सञ्जालमा ‘झारखण्डको देवघरमा भएको सडक दुर्घटना अत्यन्त दुःखद छ’ भनी उल्लेख गरेको छ।
भारतमा सडक दुर्घटना एक प्रमुख चिन्ताको विषय बनेका छन्। आधिकारिक तथ्यांकअनुसार, भारतमा हरेक वर्ष हजारौँ मानिसको सडक दुर्घटनामा ज्यान जाने गर्छ।
यातायातमन्त्री नितिन गडकरीले संसदलाई जानकारी गराएअनुसार, सन् २०२३ मा सडक दुर्घटनामा एक लाख ७२ हजारभन्दा बढीको मृत्यु भएको थियो। गत नोभेम्बरमा मात्रै उत्तरी राज्य उत्तराखण्डमा एउटा बस गहिरो हिमाली खोँचमा खस्दा कम्तीमा ३६ यात्रुको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
