कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भूभागका धेरै तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा भारी वर्षाको पनि सम्भावना छ। 

राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका केही तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।