गाजामा बढीरहेको भोकमरीबारे अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको इजरायलले हवाईजहाजबाट सहायता सामग्री खसाल्न थालेको छ।
काठमाडाैँ– इजरायली सेनाको आक्रमणले खण्डहर बनेको गाजामा भोकमरी छाएको छ। भोकमरीले गर्दा १३३ जनाको मृत्यु भइसकेको गाजाका अधिकारीहरूले बताएका छन्।

यसबीच गत आइतबारदेखि इजरायलले राहत सामग्री बाँड्न थालेको छ। युद्धग्रस्त क्षेत्रमा बढीरहेको भोकमरीबारे अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको इजरायलले गाजामा हवाईजहाजबाट सहायता सामग्री खसाल्न थालेको हो। सेनाले आइतबार गाजामा आकासबाट पिठो, चिनी र डिब्बाबन्द खानाको साथ सहायताको प्याकेजहरू खसालेको थियो।

प्यालेस्टिनीहरूलाई सहायता वितरणका लागि इजरायली सेनाले धेरै जनसंख्या भएका तीन क्षेत्रमा लडाइँ रोक्ने निर्णय पनि गरेको छ। गाजा शहर, देइर अल–बलाह र मुवासीमा क्षेत्रमा आइतबारदेखि शुरू भएर अर्को सूचना नभएसम्म हरेक दिन स्थानीय समयानुसार बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म युद्ध नहुने जनाएको हो।

संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओचा)ले केही दिनअघि गाजाको अवस्था पहिले नै अत्यन्तै भयानक रहेको र तीव्रगतिमा झनै खराब बन्दै गएको चेतावनी दिएको थियो। ओचाका अनुसार भोकमरी, कुपोषण र सरसफाइको अभावका कारण त्यहाँका नागरिकहरूमा रोगको जोखिम उच्च बनेको छ, जसले छिट्टै ज्यानै जाने अवस्था निम्त्याउन सक्छ। हाल गाजामा सीमित मात्रामा पुगिरहेको राहत सामग्री आवश्यकताको तुलनामा अत्यन्त न्यून रहेको ओचाले जनाएको छ।

मार्चमा पछिल्लो युद्धविरामपछि इजरायलले गाजामा खाना, औषधि, इन्धन र अन्य आपूर्तिको प्रवेशमा रोक लगाएको थियो, जसका कारण नाै लाख बालबालिका भोकमरीको चपेटामा। यस्तै, ७० हजारभन्दा बढीमा पहिले नै कुपोषणको लक्षण देखिएको छ।

डाक्टर्स विदाउट बोर्डर्सको रिपोर्टअनुसार पाँच वर्ष मुनिका बालबालिकामा तीव्र कुपोषण केवल दुई हप्तामा तीन गुणा बढेको छ। खाद्यान्न अभावको दीर्घकालीन प्रभावले गर्दा धेरै बालबालिकाहरूको मस्तिष्क विकास र प्रतिरक्षा प्रणालीमा गम्भीर क्षति पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
